सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

पाथिभरा केबुलकार तत्काल अघि बढाउन राजनीतिक दलहरुको आग्रह, आइएमईको ३ अर्ब लगानी हुने

पाथिभरा केबुलकार तत्काल अघि बढाउन राजनीतिक दलहरुको आग्रह, आइएमईको ३ अर्ब लगानी हुने

काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ मा केबुलकार निर्माण काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केबुलकार सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् ।

केबुलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबुलकार निर्माणमा सहजीकरण गर्ने सहमती गरेका हुन ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरुले केबुलकार जिल्लाको विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए ।

आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ । केबुलकार परियोजना बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।

आइएमई ग्रुपले चन्द्रागिरी, मौलाकाली र लुम्बिनी गरी ३ केबुलकार सञ्चालनमा ल्याइसकेको छ। आइएमईले यति ग्रुपसँग पाथिभरा केबुलकार किनेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend