logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

    मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

    1.4K
    Shares
    मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

    सिन्ह्वा । मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग एसईसी ले सोमबार जनाएको छ ।

    मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ ।

    चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् मङ्गोलियाकोे मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम बर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ ।

    जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ ।पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ । सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याकं कार्यालयले जनाएको छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend