logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणको आशंका गरिएका ९ जनानै स्वस्थ

    कोरोना संक्रमणको आशंका गरिएका ९ जनानै स्वस्थ

    4.1K
    Shares

    चैत ४ काठमाडौं: सिरहाबाट कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

    उनीहरु सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।

    रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि उनीहरुलाई जनकपुर पठाइएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend