
काठमाडौँ । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी २७ वर्षीया खुसखु सुनारको मृत्यु भएको छ ।
रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान ८.३० बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी र उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका प्रहरीले जनाएको छ । युवतीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनीसँगै बसेका भनिएका दुई युवकको खोजी भईरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रवक्ता अवाले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend