logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाभाइरस: भारतमा पनि ३ जनाको ज्यान गयो, १२८ संक्रमित

    कोरोनाभाइरस: भारतमा पनि ३ जनाको ज्यान गयो, १२८ संक्रमित

    4.4K
    Shares

    चैत ४ काठमाडौं: छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको संक्रमणबाट ३ जनाको निधन भएको छ। आज महाराष्ट्रमा ६४ वर्षीया पुरुषको निधन भएको हो । संक्रमित हुनेको संख्या १२८ पुगेको छ।

    यसअघि मार्च १० मा कर्नाटकमा ७६ वर्षीय व्यक्तिको ज्यान गएको थियो । उनी केही समय पहिला साउदी अरबबाट फर्किएका थिए । पश्चिम बंगालमा ६९ वर्षीया महिलाको मार्च १३ मा निधन भएको थियो ।

    विश्वब्यापी महामारीका रुपमा फैलीइरहेको कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ भने १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्।

    चीनबाट सुरु भएको कोरोनाभाइरसले चीनमा ३ हजार २ सय ३० जनाको ज्यान गएको छ भने युरोपमा यसले बिकराल रुप लिइरहेको छ। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ। इटालीमा ज्यान गुमाउनेको संख्या २ हजार १ सय ५८ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend