logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

    अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

    959
    Shares
    अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

    सिन्ह्वा ।अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना
    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गरेका छन ।

    अल्बानीजले मगंलबार संघीय र उत्तरी क्षेत्र ९एनटी  सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर ९२।६ अर्ब अमेरिकी डलर को संयुक्त लगानी कोष घोषणा गरेका छन ।

    यस योजना अन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरता अन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

    आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ,” अल्बानीजले घोषणा कार्यक्रममा भनेका छन् ।

    उक्त कोषमा आधाभन्दा बढी लगानी संघीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend