चैत ४ काठमाडौं: कोभिड १९ (कोरोनाभाइरस) को संक्रमण विश्वव्यापी महामारी भएपछि यसबारेमा अनेक भ्रम र हल्ला पनि फैलाइएको छ। कोराना भाइरससम्बन्धी वास्तविक जानकारी नहुँदा आम मानिसहरू विभिन्न हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ। भ्रमको पछि लाग्दा विभिन्न घट्नाहरु पनि भएका छन्।
कोरोनाभाइरस घरपालुवा जनावरहरुबाट पनि सर्छ भन्ने हल्ला पनि सामाजिक सञ्जालमा चल्ने गरेका छन्। यद्यपी हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालोआदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन ।
तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ । यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend