logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

    प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

    1K
    Shares
    प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

    काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।

    बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सो प्रस्तावमाथि छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिनेछ ।

    आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

    यस्तै, आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend