बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि चीन आक्रोशित, दियो यस्तो जवाफ

ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि चीन आक्रोशित, दियो यस्तो जवाफ

चैत ४ काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि चीन आक्रोशित भएको छ। कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्नु ट्रम्पको असक्षमता र गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दै चीनले आपत्ति जनाएको छ।

ट्रम्पको टिप्पणी आपत्तिजनक भएको भन्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले यसलाई शीतयुद्धकालीन मानसिकता भएको आरोप लगाएको खबर ग्लोबल टाइम्सले जनाएको छ।

ट्रम्पले ट्वीट गर्दै कोरोनाभाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए।


यसअघि पनि अमेरिका र चीनबीच कोरोनाभाइरसबारे आरोप प्रत्यारोप हुँदै आएको छ। अमेरिकाले चीनले प्रभावकारी कदम चाल्न नसक्दा विश्वभरि कोरोनाभाइरस फैलीइएको भन्ने आरोप लगाएको छ भने चीनले पनि अमेरिकी सेनाका कारण कोरोना भित्रिएको आरोप लगाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend