चैत ४ काठमाडौं: प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।
जारी मतदानमा नेकपाद्वारा प्रस्तावित ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको हो ।
१ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।
प्रदेश सभामा समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ।