सिन्ह्वा।अमेरिकी राष्ट्रपति जो बाइडेन जर्जियाको प्राइमरीमा विजय भएसँगै डेमोक्रेटिक पार्टीबाट २०२४ को राष्ट्रपति पदको उम्मेदवार बन्ने पक्का भएको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि उनले पर्याप्त प्रतिनिधिहरू प्राप्त गरेका हुन् ।
जर्जियाको प्राइमरीमा आफ्नो जितसँगै, वर्तमान राष्ट्रपतिले यस वर्षको डेमोक्र्याटिक उम्मेदवारी बन्द गर्न र नोभेम्बरमा हुने मतपत्रमा पार्टीको प्रतिनिधित्व गर्न कुल ३ हजार ९३४ मध्ये १ हजार ९६८ प्रतिनिधि प्राप्त गरेका छन् ।
यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार दक्षिणपूर्वी राज्य जर्जियामा रिपब्लिकन प्राइमरी जितेका छन् । राष्ट्रपति पदको उम्मेदवारको लागि ट्रम्प र बाइडेन पुनः भिड्ने पक्का भएको हो ।
बाइडेन र ट्रम्पले यस महिनाको शुरुमा प्राइमरीहरू पछि एक अर्काको बिरूद्ध बयानबाजी गरेका छन् । उनीहरू दुवै आफ्नै पार्टीको फेस–अफमा भारी मतले जितेका छन् ।