आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

चीनले गर्‍यो नेपाललाई यति ठुलो सहयोगको प्रस्ताव

चीनले गर्‍यो नेपाललाई यति ठुलो सहयोगको प्रस्ताव

चैत ४ काठमाडौं: छिमेकी मुलुक चीनले कोरोनाभाइरसविरुद्ध लड्न नेपाललाई आफ्नो साथ रहेको बताएको छ।

काठमाडौंस्थित चिनियाँ दुतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाउँदै भाइरसविरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको हो ।

पत्रमा चीनले नेपाललाई आवस्यक परेको खण्डमा जस्तोसुकै सहायता दिन तयार रहेको जानकारी गराइएको छ । “नेपाललाई मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम आवस्यक परे हामी जुनसुकै बेला पनि पठाउन तप्तर छौं”,पत्रमा भनिएको छ ।

कोरोनाविरुद्ध लड्न प्रभावित राष्ट्रलाई सहायता बढाउने आफ्नो नीति अनुरुप चीनले नेपाललाई सहयोगको प्रस्ताव गरेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend