logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • च्याटजीपीटीजस्तै गूगलको च्याटबोट जेमिनाईले निर्वाचनसम्बन्धी प्रश्नको उत्तर दिन बन्द

    च्याटजीपीटीजस्तै गूगलको च्याटबोट जेमिनाईले निर्वाचनसम्बन्धी प्रश्नको उत्तर दिन बन्द

    952
    Shares
    च्याटजीपीटीजस्तै गूगलको च्याटबोट जेमिनाईले निर्वाचनसम्बन्धी प्रश्नको उत्तर दिन बन्द

    बीबीसी । सर्च इन्जिन गूगल इंकले आर्टिफिशल इन्टेलिजन्स (एआई) च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताहरूले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको पुष्टि गरेको छ।

    एउटा ब्लग पोष्टमा गूगलले आफ्नो उक्त नीतिलाई भारतमा लागु गरेको जनाएको छ। भारतमा आगामी अप्रिलको अन्त्यतिर देखि आम निर्वाचन हुँदैछ।

    एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ उक्त कम्पनीले यस्तो कदम चालेको हो। जेमिनाई हाल व्यापक चर्चामा रहेको च्याटबोट च्याटजीपीटी जस्तै गूगलको संस्करण हो।

    यसले कुनै पनि प्रश्नको च्याटजीपीटीले जस्तै उत्तर दिन सक्छ भने तस्बिर पनि बनाइदिन्छ।

    गूगलका एकजना प्रवक्ताले गत वर्ष घोषणा गरिएको योजनाको एक हिस्साको रूपमा पछिल्लो कदम चालिएको बीबीसीलाई बताए।

    ूहामीले गत डिसेम्बरमा सार्वजनिक गरे जस्तै सन् २०२४ मा विश्वभरि हुने कैयौँ चुनावहरूको तयारीका क्रममा धेरै सावधानीपूर्वक हामीले चुनावसँग सम्बन्धित जेमिनीले उत्तर दिनसक्ने विभिन्न प्रकारका प्रश्नलाई सीमित पारेका छौँ, उनीहरूले भने।

    यो वर्ष अमेरिका, ब्रिटेन, दक्षिण अफ्रिका, भारतलगायत विश्वका विभिन्न देशमा निर्वाचन हुँदैछ।

    बीबीसीले जेमिनाईलाई चुनावबारे केही प्रश्नहरू सोधेको थियो। तर उसले हरेक पटक यस्तो खाले मात्र उत्तर दियो, म अझै यो प्रश्नको उत्तर कसरी दिने भनेर सिक्दैछु। यसबारे तपाईँ गूगल सर्चमा प्रयास गर्नुहोस्।

    भारतीय राजनीति बारेमा थप सम्बन्धित प्रश्नहरू सोध्दा भने उसले त्यहाँका प्रमुख दलहरूबारे विस्तृत विवरणहरू दियो।
    जेनेरेटिभ एआईु जस्ता प्रविधिको विकासले झूटा समाचार फैलाउने चिन्ता बढाएको छ। त्यसले गर्दा विश्वभरिका सरकारलाई यस्तो प्रविधि नियमनका लागि उत्प्रेरित गरेको छ।

    हालैका साताहरूमा भारतले प्रविधि कम्पनीहरूलाई अविश्वसनीय वा ूपरीक्षणको क्रममा रहेकाू त्यस्ता एआई उपकरणहरू चलाउन सुरु गर्नुअघि अनुमति लिनुपर्ने बताएको छ।

    गत फेब्रुअरीमा गूगलले हालै सुरु गरेको तस्बिरहरू बनाइदिने एउटा एआई उपकरणले अमेरिकाका संविधान निर्माताहरूमा एक जना अश्वेत पुरुषको तस्बिर पनि बनाइदिएपछि माफी मागेको थियो।

    उसले बनाएको तस्बिर गलत भएकाले त्यस्तो माफी माग्नु परेको थियो।

    जेमिनाईले दोस्रो विश्वयुद्धका जर्मन सिपाहीहरूको तस्बिर बनाउँदा पनि अश्वेत पुरुष तथा एशियाली महिलालाई समेत त्यसमा समावेश गरिदिएको थियो। त्यो पनि गलत थियो। त्यसपछि उसले उक्त एआई टूललाई केही समयका लागि रोकेको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend