एक नारायण पौडेल– कहिलेकाही असहज परिस्थितिलाई सहज र सहि तरिकाले नियन्त्रण ब्यबस्थापन र परिणाममुखी बनाउने हो भने त्यही असहज परिस्थिति नै सफलताको हतियार बन्न पुग्छ । कोरोनाको संक्रमणको नियन्त्रण र ब्यबस्थापन नै दुई बर्षसम्म जनतामा उभार भएको सरकारको आलोचना र अलोकप्रियतालाई क्यास र मत्थर गर्ने यो भन्दा अर्को कुनै अबसर र मौका नहुन सक्छ । किनकि त्यसको सुरुवातनै निकै प्रशंसनीय बनिसकेको थियो।
चीनबाट ल्याईएका १७४ जनालाई क्वारेन्टाइनमा राख्दा सरकारलाई उनीहरुले मुक्तकण्ठले गरेको प्रशंसा राष्ट्रिय अन्तरराष्टिय मिडियाले मात्र हैन बिश्व स्वास्थ्य संगठनले समेत उच्च प्रशंसा गरीसकेको थियो। त्यसलाई निरन्तरता दिन सकेको भए सरकारको लोकप्रियताको ग्राफ आरोलोबाट उकालो चढ्ने निश्चित थियो।
मौका अझै बाकि छ कोरोनाको सन्त्रासले भयभीत जनतालाई बिश्वास दिलाउदै आबश्यक नियमन र अनावश्यक तडक भडक निषेध गर्ने सम्भाबित सक्रमणलाई ध्यान दिदै संक्रमित ब्यक्तिको उपचारार्थ अस्पतालहरु आबश्यक तयारीमा राख्ने । हबाई उडान देखी मेला महोत्वस सार्वजनिक कार्यक्रम र भोज भतेरका सबै जस्ता कार्यहरू केही समयको लागि निषेध गरौं । अप्ठ्यारो परिस्थितिमा हुँदा पनि कालोबजारी र जनता चुस्ने केही ब्यापारीक घराना र स्थानहरुमा हस्तक्षेप गरेर कारबाही गर्ने हो भने सरकारको आलोचना र बिरोध धेरै हदसम्म मत्थर हुनेछ ।
बिश्वभर कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएको अबस्थामा अन्य देशका प्रमुख वा मातहतका मन्त्रीहरु नागरिकलाई सचेत बनाउदै उच्च सतर्कता अपनाईरहेका छन । कतिपय स्थान र संक्रमणको अवस्था हेरेर भिडभाड हुने ठाउहरु लक् डाउनसम्म गरिरहेका छन । संक्रमणको सबैभन्दा जोखिम माध्यम बिमानस्थलमा चेकजाँच कडाई गरेका छन । अत्याधुनिक मेसिनबाट चेकजाँच गर्न शुरूवात गरिसकेका छन । सार्वजनिक स्थलमा प्रत्यक्ष जोडिने कामदारहरुलाई सुरक्षाका सबै साधन उपलब्ध गराई उच्च ब्यबस्थापन गर्न निर्देशन समेत दिएका छन ।
तर हाम्रो देशका स्वास्थ्यमन्त्री जस्तो महत्त्वपूर्ण र जिम्मेवार ब्याक्तिले मिडियाको सरकारी तयारी र थप सूचनालाई नागरिक समक्ष पुयाउन गरेको आग्रहलाई लत्याउदै पाहुना घरमा छन भन्दै भाग्न मिल्छ ? हो हामी पाहुनाको अति आदर सत्कार गर्छौ । तर जिम्मेवार मन्त्रीले आम जनताको अपेक्षालाई उपहास गर्न मिल्छ ? आम जनतामा के सरकारी तयारी र ब्यबस्थापनको सहि सूचना दिदा नकारात्मक असर गर्छ र ?
कोरोनाका कारण जनताहरु मनोबैज्ञानिक रुपमा निकै कमजोर बनिसकेका छन्। त्यसैमाथी सरकारका जिम्मेवार मन्त्रीको यस्तो हर्कतले जनताको मनोबैज्ञानिक त्रासमा ढाडस दिन्छ कि थप आतंक सिर्जना गर्छ।
हाम्रो क्षमता दक्षता जनशक्ति र अर्थतन्त्र के कस्तो अबस्थामा त्यो बिषयमा हामी अवगत छौ। अप्ठारो परिस्थितिको फाइदा उठाएर जनता लुट्ने स्वार्थी पापी र दुष्टहरुको हर्कत पनि यहिँ बेला देखिदै छ।
हामी नेपाली असाध्यै भाग्यमानी हौ भन्ने थाहा छ तर आफ्नै देशको सुन छोडेर लसुन किन्न खाडी धाएका छौ भन्ने पनि थाहा छ । हामी अलि भावनामा बहकिन्छौ भन्ने पनि थाहा छ र त धुर्मुस सुन्तलीका हरेक हिम्मत र आँटलाई देशबिदेशबाट फत्ते गरिदिन्छौ । स्वेता खड्काको साहसिक प्रयासलाई मर्न दिदैनौ भने रबि लामिछानेको कदमलाई हातेमालो गर्छौ । हो हामीलाई थाहा छ हामी गरीब पक्कै छौ तर मनका मनकारी छौ ।
हामीलाई देशका सुविधासम्पन्न शहर र तुलनात्मक सम्पन्न जनताहरुको बसोबास स्थल मात्र हैन देशमा कर्णाली जस्तो पिछडिएको अर्को भुगाग पनि छ भन्ने कुरा राज्यका शासकहरुलाई थाहा नभए पनि हामी जनतालाई थाहा छ । हामीलाई चिन्ता हाम्रो मात्रै होइन सरकार ती दुरदराजका चिथोरिएका जनताको हो । पिछडिएका जनताहरुको हो । क्षमता हुने र ऋणपान गर्न सक्नेले सरकारको मुख अबश्य पनि ताक्ने छैन आफ्नै खर्चमा उपचार गराउनेछ । ऋण धन गरेर पनि जनता उपचार गर्न बाध्य हुनेछ ।
कर्णाली देखी रोल्पा रुकुमका कतिपय ग्रामीण भेगका जनताहरु शिक्षा स्वास्थ्य र आर्थिक अवस्थाले गर्दा सामान्य ज्वरोले थलिएर मृत्युलाई स्वीकार्न बाध्य छन भने कदमकदाचित यो संक्रमण यी दुरदराजका ग्रामीण भेगबाट देखियो कति भयावह होला ?
इटली जस्तो सुबिधासम्पन्न देशको भयाबह अबस्थाले हामीलाई के पाठ सिकाउदै छ। सरकारी स्तरमा हुने लापरबाही गैरजिम्मेवार र अदुरदर्शिताले निम्त्याएको भयावहको तस्बिर इरान र इटलीकोको झै हाम्रोमा पनि नहोला भन्न सकिन्न ।
परिस्थिति नियन्त्रण बाहिर हुनु अगाबै आम जनताको सहयोगी भुमिका पनि त्यति नै महत्त्वपूर्ण छ । हामी जनता पनि त्यतिकै सजग संयमित सहयोगी र जिम्मेवार नहुने हो भने सरकारले जति नै तयारी गरेपनि परिस्थिति नियन्त्रण बाहिर जानेछ ।