logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एक वर्षमा जनावरको आक्रमणबाट २३ हजार अस्पताल भर्ना

    एक वर्षमा जनावरको आक्रमणबाट २३ हजार अस्पताल भर्ना

    728
    Shares
    एक वर्षमा जनावरको आक्रमणबाट २३ हजार अस्पताल भर्ना

    सिन्ह्वा । सरकारी तथ्याकं अनुसार २०२१–२२ मा २० हजार भन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन् । उनीहरुलाीई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ ।

    अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) द्वारा प्रकाशित प्रतिवेदनले सन् २०२२ को जुनको अन्त्यसम्म १२ महिनामा अस्ट्रेलियामा जनावरसँग सम्बन्धित २३ हजार ३८० घाइते अस्पतालमा भर्ना भएको खुलासा गरेको छ ।

    कुल अस्पतालमा भर्ना भएकामध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत पशुधन, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर र २.२ प्रतिशत सामुद्रिक जनावर जिम्मेवार रहेको प्रतिवेदनले जनाएको छ ।

    अस्ट्रेलियामा प्रत्येक १ लाख व्यक्तिहरूमध्ये ९०.५ जनालाई २०२१\०२२ मा जनावरहरूसँगको सम्पर्कको कारणले गर्दा अस्पतालमा भर्ना गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend