logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • डब्ल्यूएचओले भन्यो कोरोना महामारी नेपाल सहित पुर्बी एसिया तिर सर्न लाग्यो, होसियार रहनु

    डब्ल्यूएचओले भन्यो कोरोना महामारी नेपाल सहित पुर्बी एसिया तिर सर्न लाग्यो, होसियार रहनु

    3.8K
    Shares

    चैत ५ काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट हुने महामारी अब अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलनसक्ने भन्दै कडा चेतावनी दिएको छ।

    दक्षिण पूर्वी एसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी डब्ल्यूएचओले दिएको हाे।

    डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ। हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend