आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

बाबुराम भट्टराईले नेकपाका नेतालाई भने ‘कुछ तो शरम करो यारो’

बाबुराम भट्टराईले नेकपाका नेतालाई भने ‘कुछ तो शरम करो यारो’

चैत्र ५ काठमाडौँ, पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पूर्वमाओवादी र पूर्वनयाँ शक्तिका साथीहरू कता छन् भन्ने प्रश्न गरेका छन्।प्रदेश नम्बर २ को नामाकरणका लागि मंगलबार प्रदेशसभामा चार वटा प्रस्तावमाथि मतदान भए पनि कुनै प्रस्ताव पनि पारित भएको थिएन।

प्रदेश २ मा सत्तारूढ समाजवादी र राजपाले मधेश नामाकरणका लागि प्रस्ताव राखे पनि अस्वीकृत भएपछि भट्टराईले संविधानमा मधेश पहिचान स्वीकार गर्ने तर प्रदेशको नाम किन अस्वीकार भन्ने प्रश्न गरेका हुन्।

भट्टराईले पूर्वमाओवादी कमरेड मातृका यादव, प्रभु साह, भरत साह र पूर्वनयाँ शक्तिवाला मित्र रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हुनुहुन्छ? केही त लाज मान्नुहोस्,’ भनेका छन्।

प्रदेश २ को नाम नेकपाले जानकी, कांग्रेसले मिथिला-भोजपुरा, कांग्रेसकै केही सांसदले मध्यमधेश र समाजवादी-राजपाले संयुक्त रूपमा मधेश प्रस्ताव गरे पनि दुई तिहाइ अर्थात् प्रदेशसभामा ७२ मत कसैले ल्याउन सकेन।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend