चैत ५ काठमाडौं: कोरोनाभाइरसबाट आइपर्न सक्ने जोखिमलाई कम गर्ने हेतु सरकारले चलचित्र हल, सांस्कृति केन्द्रहरू, रंगशाला, खेल स्थल, जीम हल आदि तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ। बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बैसाख २८ गतेसम्म बन्द गर्ने निर्णय भएको हो।
त्यस्तै बैठकले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।