चैत ६ काठमाडौं: अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। कोरोनाभाइरस सम्बन्धी तयारी तथा रोकथामलाई सशक्त बनाउन भन्दै अमेरिकाले यति ठुलो रकम सहयोग गरेको हो।
सहयोग रकम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्चित कोषमार्फत दिइएको जनाइएको छ ।
कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड-१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुने बताइएको छ ।
बाँकी ७ लाख डलरले विश्व स्वास्थ्य सङ्गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा रोकथामका लागि प्रयोग हुने जनाइएको छ ।