चैत ६ काठमाडौं: भारतका बैज्ञानिकले कोरोनाभाइरसको औषधी पत्ता लगाएका छन्। जयपुरस्थित एक अस्पतालका चिकित्सक टोलीले कोरोना भाइरसको औषधी पत्ता लगाएका हुन् ।
उक्त औषधीबाट ३ जना विरामी निको समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। डा प्रकाश केसवानी डा रमन शर्मा अभिषेक अग्रवाल डिएस मिना एस बेनर्जीको टोलीले औषधी पत्ता लगाएको हो।
टोलीले बिरामीलाई लोपेनाबेद र रिटोनाबेद नामक एन्टिभाइरस दिएका थिए । यस्तै क्लोरोक्लिन नामक औषधी पनि दिएका थिए । जसबाट कोरोना भाइरसका बिरामी ठीक भए ।