logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कोरोनामा चीनले विश्वलाई सिकाएको पाठ र विश्वकै राजनेता बनेका चिनियाँ राष्ट्रपति सी जिन्पिङ

    कोरोनामा चीनले विश्वलाई सिकाएको पाठ र विश्वकै राजनेता बनेका चिनियाँ राष्ट्रपति सी जिन्पिङ

    2.1K
    Shares

    सुनौलो नेपाल -चैत ६ काठमाडौं: कोरोनाभाइरसको उदगमस्थल चीनले यो भाइरसलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्न सफल भएको छ। बुधबार चीनमा कोरोनाभाइरस संक्रमण शुन्य देखिएपछि चीनमा यो भाइरस काबुमा आइसकेको बुझ्न अब कठिन छैन ।

    चीनमा संक्रमण घटेपनि पश्चिमा मुलुकहरुमा भने कोरोनाको संक्रमण डरलाग्दो रुपमा फैलिरहेको छ। इटाली, स्पेन, वेलायत, फ्रान्स, अमेरिका लगायतका मुलुकमा कोरोना संक्रमित र त्यसले ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ।

    चीनमा उग्र रुपमा कोरोनाको संक्रमण फैलिँदा चीनले प्रभावकारी नियन्त्रण गर्न सकेन भन्दै आलोचना गर्ने तिनै पश्चिमा मुलुकहरुमा कोरोनाले ठुलो क्षति पुर्याएको छ।

    तिनै मुलुकलाई अहिले चीनले सहयोग गरिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता कोरोना भाइरसबाट नराम्ररी प्रभावित इटालीमा थप मेडिकल विज्ञ पठाउने वचन दिएका छन्। अन्य मुलुकलाई पनि सहयोग गर्ने प्रस्ताव राखेका छन्। ति मुलुकहरुमा माक्स, औषधि, मेडिकल विज्ञहरु पठाउने चीनको तयारी छ।

    यसरी कठोर परिस्थितिमा सहयोगको भावना देखाउने चीनलाई विश्वको नेतृत्व गर्ने मुलुकको रुपमा हेर्न थालिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको यस्तो कदमलाई सर्वत्र प्रशंसा गरिएको छ। यो विषम परिस्थितिलाई काबुमा ल्याउन सक्ने चीनका मात्र नभएर विश्वकै राजनेता बनेका छन्। उनले आफैँ समस्याबाट गुज्रिरहेका बेला अन्य मुलुकलाई यसरी सद्भाव देखाउनुले सी लाई विश्वलाई नेतृत्व दिन सक्ने नेताको रुपमा चर्चा गर्न थालिएको छ। केहि समय अमेरिकाले यस्तो दाबी गर्थ्यो तर कोरोना पछि विश्वलाई नेतृत्व गर्न सक्ने अबको सामर्थ्य चीनसँग भएको अड्कल गर्न थालिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend