logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोनाभाइरस: ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    कोरोनाभाइरस: ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    2.2K
    Shares

    चैत ७ काठमाडौं: चीनबाट सुरु भइ विश्वव्यापी महामारीका रुपमा फैलीरहेको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन्।

    विश्वका १७६ देशमा यो भाइरस फैलिएको छ। भाइरसबाट सबैभन्दा धेरै इटलीमा ३,४०५ जनाले ज्यान गुमाइसकेका छन्। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा १२८४ जना, स्पेनमा ८३३, फ्रान्समा ३७२, अमेरिकामा २०५, वेलायतमा १४४ जनाले ज्यान गुमाइसकेका छन्।

    नेपालसंग खुला सिमाना रहेको भारतमा पनि ज्यान गुमाउनेको संख्या ४ पुगिसकेको छ। नेपालमा भने हालसम्म एक जनामा कोरोना संक्रमण देखिए पनि निको भैसकेको छ।

    कोरोनाबाट आइपर्न सक्ने क्षतिलाई रोकथाम गर्न नेपाल सरकारले महत्वपूर्ण कदमहरु चालेको छ। सिनेमा हल, डान्स बार, खेलस्थल, विद्यालयलगायतका मानिसको भिड हुने स्थानहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ। २५ जना भन्दा बढी जम्मा हुन निषेध गरेको छ भने अत्यावस्यक बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend