logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजार विस्तारमा आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो दुई जहाज

    बजार विस्तारमा आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो दुई जहाज

    1.2K
    Shares
    बजार विस्तारमा आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो दुई जहाज

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुईवटा डास–८ विमान थपेको छ । एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिल्यान्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन नाइन एन एओके तथा नाइन एन एओएल थपेको हो ।

    यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरु अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने श्रीले जनाएको छ । यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरु भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्षपावर भएको कम्पनीले जनाएको छ ।

    जहाजको इन्जिन क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीको रहेको श्रीले जनाएको छ । उक्त जहाजहरु श्री एयसलाइन्सका पाइलटहरुद्वारा अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै १० हजार माइलको दुरी करीब २५ घण्टाको उडान तथा तीन रात्री बिसानपछि मंगलबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पुरा गरी उक्त विमानहरुबाट श्रीले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा उडान थप गरि भरपर्दो सेवा सुचारु रुपले सञ्चालन गर्दै जाने भएको छ । सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान शुरु गरेको हो ।

    शुरुमा काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा सञ्चालन गरिरहेकोमा सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताको क्यानाडा निर्मित क्यु ४०० डास– ८ विमानहरुबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरेका छ ।

    श्रीको स्वर्गीय बनवारीलाल मित्तलबाट ६३ वर्षको उमेरमा विस २०५५ सालमा हेलिकोप्टरहरुबाट नेपालको दुर्गम तथा विकट, हिमाली क्षेत्रहरुमा खाद्यन्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मीक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामाग्री, जलविद्युतका र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेशिनरी ढुवानी गर्न एयर अनन्या स्थापना भएको थियो ।

    पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स भै छोटो समयमा नै नेपालको सबैभन्दा ठुलो हेलिकप्टर कम्पनी हुन सफल भयो । श्री एयरलाइन्स नेपाल तथा दक्षिण एशिया क्षेत्रबाट संयुक्त राष्ट्र संघ अन्तर्गतको विभिन्न शान्ति मिसन तथा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरहरुबाट अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालन गर्ने पहिलो हवाई कम्पनी हो । हेलिकप्टर बाहेक आफ्ना १० वटा विमानहरुबाट समेत अन्तरर्राष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान गसिकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend