चैत ७ काठमाडौं: सरकारले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको छ। शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।
मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।
देशमा कोरोना संक्रमणको त्रासमा रहेको बेला कालोबजारीका कारणले उपभोक्ताले ग्यास र उपभोग्य वस्तु नपाएको सरकारको भनाइ छ । सरकारलाई असहयोग गरे ग्यास उद्योगको अनुमति समेत खारेज गर्ने निर्णय गरेको छ ।