चैत्र ८ काठमाडौं, सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन राष्ट्रिय युवासंघ नेपालले कोरोना बिरुद्द देशभर सचेतना अभियानका साथै कोरोनाको मौका छोपेर हुन्सक्ने कालोबजारी र महंगी नियन्त्रणमा कडाईका साथ आफ्ना नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार संगठनका उपाध्यक्ष नेता किरण पौडेलको नेतृत्वमा बसेको बैठकले यकोरोना सचेतना तथा रोकथाम अभियान निर्मााणगर्ने निर्णय गरेको हो । कोरोना बिरुद्दको सचेतना अभियान र कालोबजारी नियन्त्रणमा देशभरका संगठनका जिल्ला नेतृत्व मार्फत कार्यक्रम संचालन गर्ने र सरकारको निर्णयलाई सहयोग पुर्याउन सम्पूर्ण युवाहरुलाई अपिल गरेको छ ।
शुक्रबारनै नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री ओली देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाको जोखिमका कारण लामो दुरीका सवारी साधनको आवगनमा चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउने घोषणा गरेको छ । साथै नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि रोकिएको छ ।