डोेटी । डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडा बस्ने दुलैसिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारा स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० को समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।