logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • तोलामा ४ सयले घट्यो सुनको मूल्य

    तोलामा ४ सयले घट्यो सुनको मूल्य

    923
    Shares

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु ४ सयले घटेको छ ।

    सोमबार तोलामा रुपैँया १ लाख ३१ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रुपैँया १ लाख ३१ हजार २ सय निर्धारण भएको छ ।

    यस्तै, तेजावी सुन सोमबार तोलामा रुपैँया १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि रुपैँया १ लाख ३० हजार ५ सय ५० निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रुपैँया १ हजार ५ सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ५ सय ४५ निर्धारण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend