११ चैत, चितवन । कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका एक युवकको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा भोजराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए ।
उनी किड्नीका रोगी रहेको र किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पतालमा राखिएको थियो।
कोरोनाको आशंका गरीए पनि कोरोना संक्रमण भएनभएको रिपोर्ट भने आउन बाँकी छ ।
उनको नमुना सोमबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको डा अधिकारीले जनाए ।