logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : राखेप सदस्यसचिव घिसिङ

    योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : राखेप सदस्यसचिव घिसिङ

    609
    Shares
    योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : राखेप सदस्यसचिव घिसिङ

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रश्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको बताएका छन् ।

    राखेपद्वारा मंगलवार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गरेका हुन् ।

    राखेपले नबनाएको योजना, परिकल्पना, प्रश्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ । खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उनको बुझाइ छ ।

    उनले खेलकुदको निकायसँग प्राविधिक जानकारी बिना नै रंगशालामा बनिरहेको भन्दै चर्को आलोचना गरे। सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उल्लेख गरे । खेलकुद संरचना बन्नु राम्रो पक्ष भएपनि त्यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन आग्रह गरेका छन् ।

    सदस्यसचिव घिसिङले सातै वटा प्रदेशमा भएका भौतिक पूर्वाधारको अवस्थाबारे परिषद्ले मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसको स्तरोन्नती र संरक्षणका लागि स्थानीय निकायलाई सहभागी गराउने गरी योजना बनिरहेको बताए । परिषद्ले आफैँले राख्नुपर्ने संरचना बाहेक अधिकांश संरचना स्थानीय निकायलाई सुम्पिने उनले बताए ।

    उनले खेल्ने मैदान या कभर्डहल बनाउनुभन्दा पनि ठूलाठूला रंगशाला निर्माण गर्न होड बाजी भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । प्रत्येक नगरपालिका या वडामा पनि स्टेडियमभन्दा पनि ट्रेनिङ सेन्टर बनाउन स्थानीय निकायलाई आग्रह गरे ।

    खेलाडी पलायनलाई रोक्न आगामी बजेटमा केही योजनाहरू समावेश हुने राखेप सदस्यसचिव घिसिङको विश्वास छ । खेलाडी स्वरोजगारका निम्ति केही आफ्नै मन्त्रालयअन्तर्गत युवा स्वरोजगारसँग सहकार्यमा केही कार्यक्रमहरू बजेटमा उल्लेख गर्ने सदस्यसचिव घिसिङले आशा व्यक्त गरे। उनले न्युनतम ब्याजदरमा खेलाडीलाई ऋण उपलब्ध गराउने जस्ता योजना बनिरहेको समेत बताए ।

    खेलाडी पुरस्कारमा ढिलाई भइरहेको अवस्थामा अबको बजेटमा रातो कितावमा नै पुरस्कार शिर्षकमा बजेट समावेश हुने वातावरण निर्माणको काम भइरहेको सदस्यसचिव घिसिङ विश्वास छ ।

    खेलाडीले यति सफलता पाउँछन् र यति मात्रामा पुरस्कार रकम आवश्यक हुन्छ भन्ने पूर्वनिर्धारण गर्न नसकिए पनि निश्चिम रकम भने बजेटमा राख्ने उनको विश्वास छ । आगामी बजेटमा खेलाडीको स्वास्थ्य विमा लगायत विषय समावेश हुने उहाँको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend