logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कोरोनाको परीक्षण अब काठमाडौँ बाहिर यी तीन शहरमा

    कोरोनाको परीक्षण अब काठमाडौँ बाहिर यी तीन शहरमा

    2.7K
    Shares

    १ चैत, काठमाडौं ।कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँ र काठमाडौँ बाहिर गरी ४ वटा ल्याब थप गरेको छ ।

    कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।

    कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

    त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले मिलाउनेछ ।

    यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ ।

    कोरोनाभाइरस कोभिड (१९)को आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend