
सुनौलो नेपाल – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोभिड–१९) बाट जोगीनको लागी सबैलाई धैर्य संयम र सतर्क रहन अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आहवान गरेको छ।
मातृभुमी नेपालमा रहेका सम्पूर्ण नागरिक विश्वका बिभिन्न देशमा रहेका नेपाली नागरीक आफ्ना संजालहरु त्यसका सदस्य र सम्पूर्ण मानवजातीलाई नै संयमित धैर्य सजग र सतर्क रहन इनासकी ग्लोबल अध्यक्ष अध्यक्ष कमला दाहालले आग्रह गरेकी छन् ।
अतिनै द्रुत गतिमा फैलिएको कोरोना भाइरस विश्वव्यापी प्रकोपको रुपमा फैलिरहेको छ। सबै देशका सरकारहरु र त्यससग सम्बन्धित सम्पूर्ण निकायहरू यसको नियन्त्रणको लागि विभिन्न निर्णयहरु गरेर अगाडी बढ्न बाध्य छन् । सरकारले जे जति निर्णय गरेको छ त्यो आफ्ना नागरीकको सुरक्षा मात्र नभई सम्पूर्ण मानव समुदायको हितका लागी गरीएको हो ।
त्यसैले नेपाल लगायत बिश्वभरी रहनु भएका नेपाली दाजु भाई दिदिबहिनीहरु सम्बन्धित देशका सरकारले बनाएको र लागु गरेको नियम अनिवार्य मान्नु हुन् अपिल गर्दै नेपाल बाहिर रहनु भएका नेपालीलाई कुनै कठिन परिस्थिति आइपरेमा सम्बन्धित देशमा दुताबासमा सम्पर्क गर्नुहुन वा इनास प्रतिनिधिलाई सम्पर्क गर्नु हुन् इनास ग्लोबल कमिटि हार्दिक अपिल गर्न चाहन्छ उनले भनिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend