मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाईते

काठमाडौँमा भएको झडपमा प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाईते

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज शनिबार काठमाडौँमा भएको झडपमा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा प्रहरी जवान रामसिंह बोहरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए । उनका अनुसार प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।

उक्त झडपमा परि प्रहरी सहायक निरीक्षक सहित पाँच जना प्रहरी तथा प्रर्दशन कारी तर्फ १० जना घाइते भएका छन् । उक्त झडमा गम्भीर घाइते भएका प्रहरी जवान बोहरालाई अन्नपूर्ण न्यूरो अस्पतालबाट थप उपचारका लागि नेपाल प्रहरी अस्पताल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताए ।

उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुङ्गामुडा प्रहार गरेका थिए । उक्त झपडमा प्रदर्शनकारी तर्फका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

महतो नेतृत्वको अभियानले नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरुमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः (खुल्ला मञ्च) जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend