
सुनौलो नेपाल १९ चैत, काठमाडौं । – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले कोरोना सक्रमित बिरामीको सेवा गर्दा ज्यान गुमाउनेका परिवारलाई एक करोड सहयोग गर्ने बताएका छन्।
यदि कोहि कोभिड – १९ को बिरामीको सेवामा आफ्नो ज्यान गुमाउँछ भने चाहिँ ति सरसफाई कर्मचारी हुन् डाक्टर वा नर्स वा अन्य कुनै पनि कर्मचारीका परिवारलाई सो सहयोग गर्ने बताएका हुन्।
उनले भनेका छन् ति कर्मचारी अस्थायी, स्थायी निजी वा सरकारी क्षेत्रबाट जो सुकै हुन् उनको परिवारलाई हाम्रो सम्मानको रूपमा १ करोड दिइनेछ।
भारतमा अहिलेसम्म स्रोह सय पचास जना कोरोना भाइरस सक्रमित छन् १३३ जना ठिक भएका छन् भने ३९ जनाको मृत्यु भएको छ
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend