१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ पेट्रोल ,डिजेल र मट्टीतेलको मुल्य दश रुपैयाले घटाएको छ ।
कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावटअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।