logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • विदेशी लगानीकर्तालाई जलविद्युतबाट हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छ : अध्यक्ष कार्की

    विदेशी लगानीकर्तालाई जलविद्युतबाट हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छ : अध्यक्ष कार्की

    1.4K
    Shares
    विदेशी लगानीकर्तालाई जलविद्युतबाट हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छ : अध्यक्ष कार्की

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविधुतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् ।

    बिहीवार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविधुतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताए । उनले त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको बताए ।

    उनले सरकारले पनि जलविधुतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविधुतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताए। उनले सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताए ।

    उनले नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको बताए। उनले सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताए ।

    उनले भने‘नेपाल सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ ।

    त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । नेपाल सरकारले विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारले जनतालाई जलविधुतमा लगानी गर्नका लागि पनि आह्वान गर्नुपर्छ ।

    सरकारले सम्मेलन भन्दा अघि नीतिगत सुधार गर्नुपर्छ । जलविधुुतमा लगानी गर्न आउँदा विदेशी लगानी कर्तालाई फाइदाका विषयमा स्पष्ट रुपमा बोल्न सक्नुपर्छ ।

    लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी हिमालयन एस्क्पोमा पनि विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएका छौं । धेरै सप्लायर्सहरु लगानी गर्न इच्छुक हुनुहुन्छ ।

    धेरै देशका डिजाइनरहरु नेपालमा लगानी गर्ने वातावरण पाउँछ की भनेर एक्स्पोमार्फत आफ्नो उत्पादनलाई लैजान खोजेका छन् । त्योसँगै बेच्न र लगानी गर्न खाजेकाले नेपाल सरकारको उदेश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेका छौैं ।

    सरकारलाई इप्पानले जलविधुत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ ।’

    उनले लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएको बताए । उनले विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविधुतमा लगानी गर्न इच्छुक रहेको बताए ।

    उनले सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विधुत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको बताए । उनले इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend