logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको रुख फल्न नपाउदैँ काटियो

    सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको रुख फल्न नपाउदैँ काटियो

    7.3K
    Shares
    सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको रुख फल्न नपाउदैँ काटियो

    काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका ५ सिपाली स्थित नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका छन् । बुद्धचित्त माला पाक्न असार महिनाभरि लाग्छ, अहिले फुल खेल्दै थियो ।

    काभ्रेको सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको सो रुख ४ वर्षअघि लुटिएको थियो । २०७७ असार १२ मा ५० जना मुखुण्डो धारीहरुले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर माला लुटेर भागेका थिए ।

    त्यसबेला उनीहरूले ४ बोला माला लिएर भागेका थिए । त्यसबेला पनि घटनास्थल र रुख भएको ठाउँ नजिकै खाल्टेमा बम राखेका थिए । लुटेरा समूहले त्यसबेला एक राउन्ड गोली पनि चलाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    त्यसबेला बुद्धचित्तको दाना काभ्रे घर भएका दुर्गालाल तामाङ र मानबहादुर तामाङले ठेक्का लिएका थिए । उनीहरुले ९० लाखमा किनेको सो रुखको दानाको मूल्य अहिले तेब्बर भैसकेको छ ।

    यसपाला बुद्धचित्तको दाना काभ्र्रे ठुलोपर्सेल घर भएका पासाङ दोर्जे तामाङ्ग र बनेपा बस्ने समिप त्रिपाठीले सम्झौता गरेका थिए । ठाकुरानी तामाङलाई उनीहरूले बैनाबापत ५० लाख नगद बुझाइसकेका छन् । उनीहरूभन्दा माथिल्लो तहमा चिनियाँ नागरिक छन् । चिनियाँ घाउले माला खरिद गरेर चिन लैजाने सम्झौता गरेका छन् ।

    मालाको सुरक्षार्थ राखिएको क्लोज सर्किट (सीसी) क्यामरा समेत तोडेर मध्यराति ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको माला लुटिएको थियो। प्रहरीका अनुसार, त्यसबेला कम्तिमा २० जनाको समूहमा हतियारसहित गएका व्यक्तिले माला लुटेर लगेका थिए ।

    सिपालीको सो माला कुल ३ करोड लेनदेन गर्ने सम्झौता भएको छ । ५ वर्षसम्म माला किन्नेगरी सम्झौता भएको पासाङ दोर्जे तामाङले बताए ।रुख काट्ने समूहले राखेर हिँडेको ४ वटा सकेट बम निष्क्रिय पारिएको काभ्रेकी एसपी वसुन्धरा खड्काले जानकारी दिइन् ।

    मालाको सुरक्षार्थ राखिएको क्लोज सर्किट (सीसी) क्यामरा समेत तोडेर मध्यराति ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको माला लुटिएको थियो। प्रहरीका अनुसार, त्यसबेला कम्तिमा २० जनाको समूहमा हतियारसहित गएका व्यक्तिले माला लुटेर लगेका थिए ।उनले भनिन्–‘रुख काट्नेहरूबारे अनुसन्धान हुँदै छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend