बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अष्ट्रेलियाले गर्यो बिदेशी विद्यार्थीलाई आफ्नै देश फर्किन आग्रह

अष्ट्रेलियाले गर्यो बिदेशी विद्यार्थीलाई आफ्नै देश फर्किन आग्रह

काठमाडौं । कोरोनाको कहरले विश्वनै आतंकित भएको अवस्थामा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् ।

प्रधानमन्त्री स्कटले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, “अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा राम्रो हुन्छ । तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।”

उनले अहिले अस्ट्रेलियाले आफ्ना नागरिकलाई बढी ध्यान दिएकोसमेत बताए । उनले भने, “अहिले कोरोना संक्रमणको संकटका बेला अस्ट्रेलियाले आफ्‍ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको बताएका थिए ।”

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend