
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालको प्रेस सल्लाहकारमा पत्रकार दिवश भण्डारी नियुक्त भएका छन् ।
केही दिन अगाडी सर्वोच्च अदालतले बि एण्ड सीलाई सम्बन्धन दिन आदेश जारी गरेको गरेपछि प्रसाईले व्यवसायीक लाभ लिने उदेश्य सहित भण्डारीलाई नियुक्त गरेको बताएका छन् ।
लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान सञ्चालन गरिरहेका प्रसाईं बिबिध घटनाक्रमले पछिल्लो समय आम नागरीक माझ चर्चित बनेका छन् ।
त्यो चर्चालाई थप व्यवस्थित बनाउन उनले रेडियो पत्रकारिताबाट पत्रकारितामा प्रवेश गरेका भण्डारीलाई नियुक्त गरीएको बुझिएको छ। भण्डारीसंग लामो समय सुनौलो नेपालको प्रस्तोता तथा पुर्व कानुनमन्त्री धनराज गुरुङको प्रेस संयोजक समेत बनेर काम गरेको अनुभव छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend