आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

कोरोना संक्रमित भएका बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

कोरोना संक्रमित भएका बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

२५ चैत, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन  कोरोना भाइरसबाट संक्रमित भएपछी उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार चिकित्सकको सल्लाहअनुसार जोन्सन गएराति अस्पताल भर्ना भएका हुन् ।

दस दिन अगाडि प्रधानमन्त्री जोन्सनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रधानमन्त्री जोन्सनमा कोरोना संक्रमणका लक्षण लगातार उस्तै देखिइरहेकाले सावधानीका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना पुष्टि भएदेखि नै जोन्सन आइसोलेसनमा बसेका थिए । आइसोलेसनमै भए पनि उनले मन्त्रिपरिषद बैठक बसाल्दै आएका थिए ।

सोमबार बिहान पनि बस्ने मन्त्रिपरिषदको बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बीबीसीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend