
काठमाडौं- व्यवसायी तथा प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैंया सहयोग गरेका छन्।
बिहिवार शर्माले हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन्।
रकम हस्तान्तरण गर्दै डा शर्माले राज्य गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लाग्नु भएको देखेर कोइरालाको सम्मान स्वरुप आफुले सहयोग गरेको बताए।
डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसंगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ। गैर नाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भै अस्पतालले सेवा शुरु गरिसकेको छ।
कियोचले राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने छ। त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend