आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु

कोरोनाका कारण युएईमा एक नेपालीको मृत्यु

युएई । कोरोना भाइरसका कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपाली महिलाको ज्यान गएको छ।

घरेलुु कामदारको रूपमा युएईमा कार्यरत रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ ।

४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतकलाई उनी कोरोनाका कारण बिरामी परेपनि समयमा अस्पताल नलगिएकाे बुझिएकाे छ ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट उपलब्ध गराएको छ । उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend