logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोमा सक्रमण भएका बेलायती प्रधानमन्त्री जोनसन आईसीयूमा

    कोरोमा सक्रमण भएका बेलायती प्रधानमन्त्री जोनसन आईसीयूमा

    5.8K
    Shares

    लन्डन — कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

    आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको छ । ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए ।

    तर सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि पनि भने सबै अचम्मित परेका छन् । सेन्ट थोमस अस्पतालमा भर्ना हुनुभन्दा पहिले उनले घरबाटै प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्दै आएका थिए । आइतबार अस्पताल भर्ना भएसँगै भने उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु जोनसनको उपचारमा खटिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ११ दिनअघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend