logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

    निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

    288
    Shares
    निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध बिषेश अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निजलाई कैद र जरिवानाको सजाय हुने जनाइएको छ ।

    निज सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएको पदाधिकारी रहेकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गत निज विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend