धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अति बिपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारकालाई राहत स्वरुप ३/३ हजार दिने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश भित्रका रहेका अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका लागी ३ हजारका दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।
बैठकले जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय समेत गरेको छ । यस्तै सबै जिल्ला प्रसासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री शाहले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले गरेका यी हुन् पुरा निर्णय
१ अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागी रु ३०००/ का दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने !
२ यस प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा बिकास समिति मातहत का स्वास्थ्यकर्मिको लागि पनि प्रोत्साहन भत्ता को ब्यबस्था गरिने !
३ सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने !
४ सबै जिल्ला प्रसासन कार्यालयलाई ५ /५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ / १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने !
५ कोस सन्चालन निर्देसिका र राहत बितरण मापदण्ड पारित !
६ प्रदेशमा फाल्गुन मसान्त सम्म तिर्नुपर्ने कर , सुल्क र दस्तुरको अबधि बैसाख मसान्त सम्म थप गर्ने !