बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुदै

काठमाडौँ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरानमा अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको विमानस्थलमा महाप्रवन्धक जगन्नाथ निरौलाले सुनौलो नेपाललाई जानकारी दिए । उनले भने, “कतारी राजा शेखको सवारीका क्रममा आज दिउँसो ३.३० देखि ४ बजे सम्म बन्द हुने भएको छ ।”

अतिविशिष्ट व्यक्ति (भीभीआईपी) उडानका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी भएको समयमा सामान्यतया अन्य वायुसेवा कम्पनीका जहाजहरुको उडान–अवतरण नहुने महाप्रवन्धक निरौलाले बताए ।

“नोटाम जारी हुँदा आकस्मिक अवस्थामा उडान–अवतरण हुन सक्छ, सामान्य अवस्थामा भीभीआईपी उडानलाई प्राथमिकता दिइन्छ” उनले भने ।

यसैगरी कतारी राजा शेख तमिम बिन हमाद अल थानीका जहाज राख्न पार्किङ बे समेत खाली राखिएको विमानस्थलले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend