मन्त्रालयले निजहरुको संसर्ग र गएको स्थान पहिचान गरी कन्टयाक्ट उक्त मस्जिदमा बसिरहेका तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका अन्य २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले मस्जिदमा रहेका भारतीय नागरिक र केही नेपालीसमेत गरेर २६ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए। वीरगञ्जस्थ्ति सिद्धार्थ माविमा उनीहरुलाई राखिएको छ। “भारतीय जमाति कहाँबाट कहिले देखि आएका हुन भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौं”, उनले भने, “तीनजनालाई आइसोलेसनमा राखिएपछि यहाँ सतर्कता अपनाइएको छ।”
उक्त मस्जिदमा बसिरहेका ती जमाति सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएको र यही बसिरहेको बताइएको छ। तर स्थानीयले भने उनीहरु मस्जिदमा आएर बसेको दुईसाता मात्रै भएको बताएका छन्। तीनजनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएपछि नारायणी क्षेत्रीय अस्पतालले इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरेको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जमा तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ। मन्त्रालयले आफ्नो फेसबुक पेजमार्फत् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः गरिएको परीक्षणमा तीनजनामा संक्रमण भएको पुष्टि गरेको हो।