logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • सरकार ! गरिबको लागि न्याय मरेकै हो र ?

    सरकार ! गरिबको लागि न्याय मरेकै हो र ?

    3.7K
    Shares

    यसै हप्ता केहि तस्वीरहरु सामाजिक संजालमा आए । हे भगवान ! देख्दै मात्र पनि आंग सिरिंग भएर आउँछ ।सामाजिक सञ्जालमा ति हृदयविदारक तस्विर तपाईंले पनि पक्कै हेर्नुभयो होला ।चटक्कै मुटु चुँडिने । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने तस्विर र ति तस्वीरको भित्री कथा काठमाडौँबाटै हिडेर बर्दिया पोखरा बाट हिडेर झापा मोरंग अनि नेपालगंजबाट हिडेर सिन्धुपाल्चोक अनि हिड्दा हिड्दै लखतरान परेको ज्यान सडकमा पल्टिएको ।

    उफ ! कति भक्कानियो मन । खै कसरी व्यक्त गरौं शब्दमा ? के तपाईंको भक्कानिएन र मन ? तपाईंको छाती चिरिएन ? मलाई त सहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै विछिप्त नै भएँ म त । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु तपाईहरुलाई !

    छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार अातंकित छ । दैनिक मजदुरी गरी बाँच्नेहरुलाई रात र दिन बिताउन गार्हो भइरहेको छ । अहिले खाए भरे के खाने हो अझ कति दिन अन्न देख्न नपाइने हो, ठेगान छैन । भोलिका भविष्यका कर्णधार बालबालिकाको भविष्य अन्धकार छ । रोगी र बृद्ध बृद्धाहरुको अबस्था हेर्दा मनमा जतिपटक हेर्यो त्यतिपटक झनझन मेरा आँखाका खोंचहरू आँसुले भरिएर आउँछ । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्छ । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै हुन्छ । जतिजती सुन्दै र देख्दैँ जान्छु पिडाहरु त्यति -त्यती छातिभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै जान्छ। सारै उकुस मुकुस हुन्छ ।

    बाँच्न पाउँनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । नेताहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ? कि जनता तपाईँहरूको भोट बैंक मात्रै हुन ?” जनता जिवन मरणको दोषाधमा सडकमा अल्झिरहेको वेला बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका छन् ।
    बर्गीय हिसाबले पीँधमा परेकाहरू, जातीय हिसाबले दलितहरू यस अबस्थामा प्रताडीत छन् । तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश ब्यक्ति खोजि खोजि सरण दिनु पर्दैन र ? केन्द्रकै गृहमन्त्रीको आदेश कुर्नपर्छ भने किन चाहियो यो संघीयता/प्रदेश सरकार ??

    सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

    म धेरै राजनीति त बुझ्दिनँ। ब्यक्तिगत रूपमा म तपाईँहरुले अख़्तियार गरेको बिचारसँग सहमत छैन । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा बिश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन । र, आजको विश्वमा त्यो संभव पनि हुँदैन ?

    भारतको बान्द्रा स्टेसनमा हजारौ मान्छे भेला भएर भोक हड्ताल गरिरहे जस्तो यहाँ पनि त्यहि अवस्था नआउँला भन्न सकिदैन । यस अबस्थामा दसजना संक्रमित व्यक्ति भयो भने आफ्नै तरिकाले बाहिरी संसारमा बाँच्दा के हुन्छ ? कल्पना गर्नुस् त । संसार कोरोना विरुद्ध लडिरहेको यस बखत के तपाईंहरु नागरिकलाई मृत्यु बाँड्न चाहानुहुन्छ ?

    मन्त्रालयमा हुने भ्रष्टाचार नगर्ने संकल्प गर्ने हो भने पनि हजारौं व्यक्तिलाई गाँस बासको ब्यबस्था गर्न नसकिन्छ । भ्रष्टाचार गरेको सम्पत्तिले स्वास्थ किन्न सकिन्छ र ? अनि हामी ( व्यापारी) पनि कति संवेदनाहीन ? नाथे दैनिक जिवन धान्य कुरामा र मुख छोप्ने मास्कमा नाफा खान्छौं । नाफा खान पाइएन भनेर लुकाउँछौं । कृत्रिम अभाव सिर्जना गर्छौ ।

    त्यसैले हे भ्रष्टाचारीहरू हो ! जब तिम्रो जीवननै जोखिममा छभने कस्का लागि भ्रष्टाचार गर्छौ ? कम्तिमा तिमीहरूसँग मानवीय संवेदना छ भने कोरोनाबाट पार नपाउन्जेल त भ्रष्टाचार नगर ।

    संसारमा मान्छेको लागि स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुनसक्दैन । कम्तिमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन । अनि व्यापारी साथीहरू ! संकटको बेला साथ दिने हो। सहयोगको हात बढाउने हो ।

    केही गरि हाम्रो देशमा कोरोना भाइरस संक्रमित फैलियो भने सायद नियन्त्रण गर्ने बुता हाम्रो हुनेछैन । चीनले जस्तो एकहप्तामा एकहजार शैय्याको अस्पताल हामी निर्माण गर्न सक्नेछैनौं । दक्षिण कोरिया, इटली, अमेरिका, जापानले जस्तो अरबौं खरबौं बजेट खर्च पनि हामी गर्न सक्दैनौं । ती देशहरूमा जस्तो अत्याधुनिक स्वास्थ्य सेवा र दक्ष जनशक्ति पनि हामीसँग छैन । तसर्थ, हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रोग संक्रमण फैलिन नदिने पूर्वतयारी गर्नु हो । साथसाथै अन्य आवश्यक तयारी पनि युद्धस्तरमा गर्नु जरुरी छ । अन्यथा, प्लेग, कोलेरा, इबोलाले संसारमा जसरी लाखौं करोडौं मान्छेको ज्यान लिएको थियो, त्यस्तै महामारीको रूप लिनसक्छ कोरोनाले पनि ।

    लकडाउन गर्नु र लकडाउन थप्दै लानु मात्र समस्याको समाधान होइन । भाइरस रोकथामको लागि आवश्यक तयारी बजबुत अझ शक्तिशाली बनाउनुपर्छ । कोरोना नियन्त्रण नहुन्जेल कोरोना विरुद्ध युद्धको घोषणा गरेर सरकारको अगुवाइमा राजनीतिक दलहरू, नागरिक समाज, गैरसरकारी क्षेत्रलगायत सबै निकाय र क्षेत्रहरू एकताबद्ध भएर लाग्न जरुरी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend