काेराेना संक्रमितकाे परीक्षण, नियन्त्रण र उपचारकाे लागि सुदूर पश्चिम प्रदेशमा ३८ जना चिकित्सकहरूकाे टाेली हिजो मात्र प्रस्थान गरेकाे छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार चिकित्सकहरूकाे याे टाेली सिंगाे सुदूर पश्चिम प्रदेशमा संक्रमणविरूद्द जनताकाे जीवनरक्षामा क्रियाशील हुनेछ । र आजसम्म काेराेना संक्रमणकाे परीक्षण संख्या २४,२५३ पुगेकाे छ ।
आजको यति जानकारी आउँदा सम्म कोरोनाको आतंक एक ठाउँमा छ, कोरोना भन्दा अर्को शक्तिशाली पिडाले मरीने भैयो भन्ने त्रास छायो ,रोगले होइन भोकले मरीने भयो भन्ने रोगले आतंकित पार्यो । सरकारले लक डाउनको आग्रह गरेको २४ दिन भएको छ । लक डाउनका कारण सबैलाई समस्या परेको छ । हाम्रो देश मा मात्र होइन मै हु भन्ने ठुला रास्ट्रहरु समेत आत्तिएका छन् । हामीलाई अप्ठ्यारो नहुने त कुरै भएन । लक डाउन देश का नागरिकको सुरक्षाको निम्ति गरिएको भन्ने कुरामा केही दिन बुझाउनु गाह्रो भए पनि अहिले लक डाउन अनुशाशित भएको छ ,कडाइका साथ लागु भएको छ । यसको महत्त्व सबैले बुझेका छन् । तर झन्डै एक हप्ता अघि देखि देखिरहेको छ । सामाजिक संजालका स्टाटसहरुमा अस्पतालको छेउछाउ खान नपाएका बेखर्ची भएका बिरामीहरु रुदै गरेका ,भोकै भएकोे कुराहरु ।
अहिले टेलिभिजन ,पत्रपत्रिका ,अनलाइन समाचारहरु,सामाजिक संजालहरु सबै तिर पोको बोकेर ,बच्चा च्यापेर शहर छोडेर गाउँ जानेको तातिहरुको तस्वीर ,खान नपाएर भोकभोकै हिड्नु पर्दा भक्कानिएर रुदै गरेको भिडियोहरु सार्वजनिक भएका छन् । यी दृश्यले मुटु भक्कानियर आउँछ ,मुटुको धड्कन बढेर स्या स्या हुन्छु । यस्तो लाग्छ अहिले नै केही गर्न सकु, मेरो भावना र बिचारले मात्र नहुने रहेछ ।
सयौ भोका नागरिकहरुको पोको पन्तुरो ,बच्चा बोकेर हिडेका सुत्केरी महिलाहरु ,अघाउजी खान नपाएका दुखी नागरिकहरु आँसु पुछ्दै गरेका सुकसुकाउदै गरेका देख्दा ,आज लक डाउनको यतिऔ दिनको उत्सबमा यो यो ब्यन्जन खान लाग्दैछौ ,जय लक डाउन भनेर खुशी हुने समुह पनि सम्झिन मन लाग्छ । कहिँ हुने खानेको घरमा उत्सब हुँदै गर्दा हुँदा खाने श्रमजीवी जनताहरु कनिकाको खोले खान नपाएकाहरु ग्यास्ट्रीकले भुडी ढ्याउ ढ्याउ गर्दै गोलि किन्न नसकेका नागरिकहरुको पीडामा दुख लाग्छ ।
अहिले हिजोआज यो दृश्य भएको समाचार प्रसारण गर्ने समाचार माध्यम सरकार बिरोधि होइन न त शहर मा बाच्न सकिन गाउँ जान्छौं भनेर गाउँ तिर बसाइँ हिड्नेहरु नै सरकार बिरोधि हुन । शहरमा बाच्न एक छाक खान गाह्रो भयो बरु गाउँमा आफ्नो बारीमा खनी खोस्री गरेर जे जस्तो भए नि खान पाइन्छ बाचिन्छ भनेर गाउँ हिडेका हुन । यस्ता समाचार देख्दादेख्दै आँखा बन्द गर्न सकिन्न ।
महामारीलाई रोक्न लक डाउन अत्यन्तै आवश्यक थियो ,सरकारले गर्यो । लक डाउन बन्दाबन्दिलाइ अझै कडाइका साथ लागु गर्दा कोरोना नियन्त्रणमा आउछ, संक्रम्ण बाट जोगिनु जोगाउन सकिन्छ तर एउटा ठुलो समस्या लाई नियन्त्रण गर्दै गर्दा अर्को भोकको समस्या बिकराल रूपमा देखा पर्यो । यो रोग भन्दा क्रूर भोकको समस्या लाई अहिले नै तत्कालै समाधान गरिन पर्छ । श्रमजीवी जनता र बाटोमा ,अस्पतालमा अलपत्र परेका जनताको निम्ति राहतको उचित ब्यवस्थापन भएको भए पनि यति ठुलो संकट आउने थिएन । भोकले मान्छे आत्तिदैन थिए ।
यसरी लामो दुरिको यात्रा हिडेर जान चाहिँ छुट दिने हो भने लकडाउनको अर्थ रहेन ,श्रमजीवी जनता लाई धेरै सास्ती भयो । काठमाडौबाट बिराटनगर, नेपालगन्ज र बर्दिया हिडेर जाने मजदुरले कोरोना लादैन तर बसमा पुर्याइदिदा चाहिँ कोरोना सार्छन भन्ने हो ? होइन भने ती मजदुरलाइ यति धेरै सास्ती भयो । काठमाडौ बाट बाहिर जान लागेका मजदुरलाई र्यापिड टेस्ट किटबाट चेक गरि नेगेटिभ देखिएकालाइ बसमा राखेर गन्तव्यमा छोड्ने ब्यबस्था गरौं । लौन यो समस्याको समाधान गरौ ,भोको पेट र गालाको डिल हुदि बग्ने आँसु ले सराप्यो भने पोल्छ ।
केही दिन अगाडि लक डाउनको कारण अलपत्र परेका नागरिक लाई २८ र २९ गते काठमाडौ उपत्यका बाट बाहिरी खोज्नु भएको हरुलाइ मार्ग खोल्ने निर्णय भएको थियो फ़ेरि रद्द गरिएको थियो ,त्यहीँ निर्णय लाई ब्यवस्थित ढंगले लागु गरौ ।अलपत्र नागरिकको बिवरण लियर सम्बन्धित गाउँमा पुराइदियको भए आज यो संकट आउने थिएन । बसाइँ हिड्नेको दर्दनाक ताती देख्न पर्दैन थियो । शहर छोडेर गाउँमा खोले उसिनेर खाने इच्छा जागृत हुदैन थियो । मरे पनि आफ्नै गाउँमा मर्छु भन्ने मिर्त्यु इच्छा पलाउदैन थियो ।
अब जति श्रमजीवी जनता बाटोमा छन् ,भोकभोकै खाली पेट यति पाइलामा फलानो ठाउँमा पुगिन्छ भन्दै पाइला नापिरहेका छन ,उनलाई राज्यले सम्बोधन गरौ । उनीहरुको गाउँ गाउँमा केन्द्र सरकार र प्रदेश सरकारले पुराइदिने ब्यवस्था गरौं । उनिहरु हाम्रो मतदाता हुन ,सम्बन्धित गाउँ ,वडामा बिवरण लिन राख्न सकिन्छ । घरमा पुगे छि ,आफ्नो घरको खेत बारीमा काम गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिऔ ,अनुरोध गरौ । स्वास्थ्यमा केही समस्या देखा परे स्थानीय निकायमा समन्वय गर्न भनौ अहिले स्थानीय सरकार तीब्र गतिमा काम गरीरहेका छन् ,स्थानीय सरकारको उच्च प्रसंसा गर्न पर्छ । वार्ड वार्डमा सरकार भएको अनुभुती दियको छन् । श्रमजीवी जनता ,अलपत्रे जनता ,अस्पताल निको हुन गयका तर भोकको रोगले उल्टै थला परेका भुइ खुट्टे जनता ,चौरासी ब्यन्जने जनता हुँदा खाने हुने खाने सबै हाम्रा जनता हुन । उनीहरुको पाइताला कति दुख्यो होला ,पिडुला कति थाक्यो होला ,उनीहरुलाई दुख्दा हाम्रो मुटु दुख्न पर्छ । उनीहरुको आँसु गालाको डिलैडिल बग्दा हाम्रो ओठ नुनिलो हुनपर्छ । सबैले सरकार हाम्रो हो भन्नसक्नु पर्छ ।
मैले प्राप्त गरेको जानकारी अनुसार बाटोमा अलपत्र परेकामध्ये तत्कालै महिला र बालबालिका जो जहाँ छन् त्यहीँबाट रेस्क्यु गरेर गन्तव्यमा पुर्याउने र अरू अलपत्रलाई क्रमशः रेस्क्यु गर्न कानुन मन्त्रीले उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सँग प्रस्ताव गर्नुभएको छ ।जिल्लामा पनि आपतकालीन बैठक बसिरहेको छ, सबै जिल्लाले आफ्नो नागरिक लाई घर सम्म पुराउन जिम्मा लिऔ ,भोलिको उज्यालो हुँदा जनताहरुले घर घरमा पुगेर थाकेका पाइताला बिसाउन पाउन , ग्यास्ट्रीक ले ढ्याउ ढ्याउ गर्दै गरेको भोको पेटमा खोले भए पनि खान सकुन । सरकार लाई धन्यवाद भन्न सकुन ।