logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • ६ अर्ब लगानीमा नेपालमा पाँचतारे होटल खोल्ने भारतको आइटिसी ग्रुपको घोषणा

    ६ अर्ब लगानीमा नेपालमा पाँचतारे होटल खोल्ने भारतको आइटिसी ग्रुपको घोषणा

    1.2K
    Shares
    ६ अर्ब लगानीमा नेपालमा पाँचतारे होटल खोल्ने भारतको आइटिसी ग्रुपको घोषणा

    काठमाडौं । भारतको चर्चित आइटिसी ग्रुप अफ होटल्सले नेपालमा पाँचतारे होटल बनाउने योजना सार्वजनिक गरेको छ ।

    गत साता बिहीबार श्रीलंकाको राजधानी कोलम्बोमा औपचारिक रूपमा देशबाहिर आफ्नो पहिलो लक्जरी होटेलको उद्घाटन समारोहमा आइटिसी ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्जिव पुरीले यस्तो जानकारी दिएका हुन् । उनले नेपाललगायत श्रीलंका र मध्यपूर्वमा होटल विस्तार गर्ने योजना सार्वजनिक गरेका थिए ।

    प्रवन्ध निर्देशक पुरीले नेपालमा थप होटल खोल्ने योजना रहेको खुलाउँदै भने, ‘नेपालमा चुरोट व्यवसायबाट प्रवेश गरेका थियौं । अब त्यहाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेका छौं ।’

    आइटिसी अन्तर्गतको फरच्युन होटल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय स्तरको फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा गत मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।

    हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आइटिसीले भक्तपुरको साँगामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको हो । फरच्युन रिसोर्टको नेपाली साझेदार व्यवसायी कमल जैन रहेका छन् ।

     

    रिसोर्टमा १ अर्ब रुपैयाँ लगानी गरिएको छ । रिसोर्टमा पहिलो चरणमा ६७ वटा कोठा सञ्चालनमा ल्याइने भएको छ । दोस्रो चरणमा त्यसलाई बढाएर १ सय ५० वटा बनाइने भएको छ ।

    आइटिसीले नेपाल, श्रीलंका र मध्यपूर्वमा आफ्नो होटल व्यवसाय विस्तारको तयार गरिरहेको छ । आगामी केही वर्षहरूमा ग्रीनफिल्ड परियोजनाहरू र भारतमा अवस्थित सम्पत्तिहरूको नवीकरणमा वार्षिक रूपमा ७ अर्बदेखि १० अर्ब भारुसम्म लगानी गर्न लागेको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक पुरीले बताएका छन् ।

    आइटिसीले नेपालको सूर्य नेपालको साझेदारीमा बुढानिलकण्ठमा पाँचतारे होटल ल्याउन लागेको हो । होटल बनाउन लागि भनेर सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    नेपालको चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ । सूर्य नेपालले आइटिसी ग्रुपको साझेदारीमा ६ अर्ब लगानी गरेर काठमाडौंको बुढानिलकण्ठमा पाँचतारे होटल बनाउन लागेको हो । प्रस्तावित होटलमा १ सय ९० वटा कोठा रहनेछन् ।

    बुढानिलकण्ठमा बनाउन लागेको यो होटलको आर्किटेक्चरल डिजाइनसमेत तयार भइसकेको छ । उद्योग विभागले यही २०७८ असोज १० गते सूर्य नेपालको ५ अर्ब ९९ करोड रुपैयाँ होटलमा लगानीका लागि स्वीकृत गरिसकेको छ ।

    सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर लगानी छ ।बाँकी ३९ प्रतिशत नेपालीको र बाँकी २ प्रतिशत बेलायती कम्पनी ब्रिटिस अमेरिका टोबाको इन्भेष्टमेन्ट लिमिटेडको छ ।

    अध्यक्ष पुरीका अनुसार आइटीसीले आगामी पाँच वर्षमा भारतमा ७० भन्दा बढी होटलहरू थप्न खोजिरहेको छ । यसको अर्को ग्रीनफिल्ड होटल सम्पत्ति ओडिशाको तटीय सहर पुरीमा खुल्ने भएको छ ।

    कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रो बिजनेसमा संलग्न छ ।

    सूर्य नेपालको माउ उद्योग आइटिसीले एक वर्षमा ८ अर्ब ४५ करोडज अमेरिकी डलरबराबर व्यापार गरेको छ । आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ ।

    आइटिसी सन् १९१० मा स्थापना भएको थियो । कम्पनीको अध्यक्षमा सञ्जीव पूरी छन्। । उनी आइटिसी इन्डियाको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend