logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • देशभरका शाखालाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

    देशभरका शाखालाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

    735
    Shares
    देशभरका शाखालाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो ।

    नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रश्तुत गरेर नविकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरि लेखापरीक्षण गराउन आग्रह गरेको हो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए । उनले सबै जिल्लाहरुले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे । उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नविकरण गरिसक्ने समय निर्धारण गरिएको बताए ।

    उनले रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए । उनले स्वास्थ्य प्रवद्र्धन एवं रोकथाम तथा पीडा न्युनिकरण तथा सरसफाई, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवद्र्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरु सञ्चालन गरेको बताए । उनले विपद् न्युनिकरण, पूर्वतयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे ।

    उनले भने, ‘गत वर्षमा हामी २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएका थियौँ । स्वास्थ्य प्रवद्र्धन एवं रोकथाम तथा पीडा न्युनिकरण तथा सरसफाई, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवद्र्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य आदिका लागि रेडक्रसका निकायहरुले राष्ट्रव्यापी योगदान गरेको स्मरण गर्न चाहन्छु । विपद् न्युनिकरण, पूर्वतयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेका छन् । विपद्पूर्व, सूचनापूर्व अनुमानमा आधारित सेवा, जलवायु परिवर्तन र बसाईंसराई जस्ता समस्या न्युनकिरणका साथै जनचेतना अभिवृद्धि गर्ने जुनियर र युवा रेडक्रसको संगठन, क्षमता विकास र सहभागिता समस्या न्युनिकरणका साथै जनचेतना अभिवृद्धि गर्ने क्षमता तथा सहभागिता प्रवद्र्धन गर्दै बाल तथा युवा लक्षित गतिविधिहरु सञ्चालन गर्ने, संकटासन्न समुदाय तथा विशेष आवश्यकतामा रहेका व्यक्तिहरुको संरक्षण गर्ने जस्ता गतिविधि निरन्तर सञ्चालन, सहयोग गर्ने काम भएको छ । प्रतिनिधि प्रणालीको सुनिचिश्तता हुनुपर्छ । यो एकीकृत लेखा प्रणाली भनेर जुन उल्लेख गरिएको छ, पहिला पहिला के हुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटीको अडिट रिपोर्ट जुन हामीले जिल्ला प्रशासनमा प्रश्तुत गरेर त्यसबाट नविकरणको लागि हामी अगाडि बढ्दथ्यौँ, तर अहिले हामीलाई धेरै नविकरणमा पनि कठिनाइ परेको छ । अडिटको लागि कसरी जान ठिक हुन्छ भनेर पनि छलफल गरेका छौँ । अब अडिटको लागि व्यवस्थित गर्नुपर्छ । ७७ जिल्लाकै अडिट चाहिन्छ, लेखा चाहिन्छ । एकीकृत लेखा प्रणाली अपनाउनु पर्छ । भदौसम्ममा केन्द्रबाट सकेर असोजसम्म नविकरण गरिसक्ने समय निर्धारण गरेका छाैँ ।’

    कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्य नगद सहयोग गरेको बताए । उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्यांकी गरी एकमुष्ठ ७२ हजार ५ सय वितरण गरिएको बताए । उनले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्गमिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्वीन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताए । उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन भएको बतउनु भयो । उहाँले कैलाली, कञ्चनपुर, बर्दिया, कालीकोट जिल्लाहरुमा १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अध्यावधिक भएको बताए ।

    उनले भने, ‘आपत्कालीन प्रतिकार्यमा भएको राहत वितरणको सम्बन्धमा सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा गरिएको आपत्कालीन प्रतिकार्य सहयोग गरेका थियौँ । प्रतिपरिवार १५ हजार बहुउद्देश्य नगद सहयोग, ४४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार । पानी ट्यांकी अस्थायी आवास र शौचायल निर्माणका लागि एकमुष्ठ रकम ७२ हजार ५ सय, त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्गमिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्वीन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेका थियौँ । विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन भएका छन् । कैलाली, कञ्चनपुर, बर्दिया, कालीकोट जिल्लाहरुमा १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अध्यावधिक भएका छन् ।’

    उनले रेडक्रसले विपद् जोखिम न्युनिकरण, तातो हावा ‘लू’ तथा सरसफाई सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरुमा वितरण गरिएको बताए । उनले कालीकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend